काठमाडौं - सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाइएको छ ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार यी दुवै योजनाको गत आर्थिक वर्षका लागि घोषित नगद प्रतिफल भदौ १५ गतेदेखि इकाइधनीको बैंक खातामा जम्मा गरिएको हो ।
बुक क्लोज हुँदाको बेला आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गरेका इकाइधनीहरुको नगद प्रतिफल पठाइएको क्यापिटलले जनाएको छ ।
गत वर्षका लागि सिद्धार्थ इक्विटी फन्डको ९ प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १० प्रतिशत नगद लाभांश घोषणा गरिएको थियो ।
हितग्राही खाता अद्यावधिक नगरेका इकाइधनीहरुलाई यथाशिघ्र अद्यावधिक गरी प्रतिफल प्राप्त गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।
प्रतिक्रिया