राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले  एक सुचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो । 

सुचना अनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ । 

प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा १ जना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ । 

इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी असोज १३ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया