‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’ बाट नबिल बैंक सम्मानित

३ बर्ष अगाडि

काठमाडौं - नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ । 

बैंकले डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको हो ।

भिसा इन्टेरनेसनले काठमाण्डौमा आज आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा नबिल बैंकलाई ती अवार्डबाट सम्मानित गरिएको थियो । 

बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले अवार्ड ग्रहण गर्दै नबिल बैंकको टिमलाई उनीहरुको कामप्रतिको समर्पणलाई सरहाना गर्दै बधाइ दिए । ‘नबिल जहिले पनि नेपालको पहिलो डिजिटल बैंक बन्न अग्रसर रहेको र हाम्रा अथक प्रयासलाई यी अवार्डबाट सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छौँ’, उनले भने । 

सीईओ ढुंगानाले नबिल बैंक जहिले पनि ग्राहकको आवश्यकता र अपेक्षा परिपूर्तिका लागि डिजिटल बैंकिङ प्रवर्द्धनमा लागिरहेको बताए । ‘यस किमिसको सम्मानले हामीलाई हाम्रा ग्राहकको आवश्यक र अनुभवलाई पूरा गर्न अझ बढी डिजिटल रुपमा कार्य गर्न प्रोत्साहन गरिरहनेछ’, उनले भने । 

३ बर्ष अगाडि

प्रतिक्रिया