काठमाडौं - वित्तीय प्रणालीमा बुधबारसम्म ४ अर्ब ६३ करोड रुपैयाँमात्र अधिक तरलता रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबारसम्म वित्तीय प्रणालीमा ४ अर्ब ६३ करोड रुपैयाँ अधिक तरलता रहेको जनाएको छ ।
बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३१ अर्ब रुपैयाँ रहेको थियो । अघिल्लो दिन मंगलबारसम्म पनि कुल निक्षेप ५० खर्ब ३१ अर्ब रुपैयाँ नै थियो ।
वाणिज्य बैंकहरुको कुल निक्षेप बुधबारसम्म ४४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो । बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको हो ।
अघिल्लो दिन मंगलबारसम्म कुल कर्जा लगानी ४७ खर्ब ९ अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म बढेर ४७ खर्ब १० अर्ब रुपैयाँमा पुगेको हो । यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँमा पुगेको छ ।
गत मंगलबारसम्म कुल कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रुपैयाँ थियो । गत मंगलबारसम्म बैंकहरुको औसत सीडी रेसियो ८८.३२ प्रतिशत रहेकोमा बुधबारसम्म बढेर ८८.३५ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया