काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ । नेप्सले कम्पनीहरूलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरण विद्युतीय प्रति पेश गर्न निर्देशन दिएको हो ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत सङ्गठित संस्थाहरूले वार्षिक तथा त्रैमासिक वित्तीय विवरण विद्युतीय प्रति पेश गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस अनुसार वित्तीय विवरण पेश गर्न नेप्सेले निर्देशन दिएको हो ।
तोकिएको समय भित्र वित्तीय विवरणहरू पेश नगरेमा नेप्सले नियमानुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया