काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्कासन गरेको शेयरमा करिब १० लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ९ लाख ९४ हजार ४४६ जना आवेदनबाट १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ८३ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाएको ३ लाख ६८ हजार ५९० कित्ताको ३०.०७ गुणा बढी हो । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्कासनमा ल्याएको छ ।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अङ्कले भाग जाने सङ्ख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले भदौ १९ गते बैकिङ्ग समयसम्ममा मात्रै आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।
प्रतिक्रिया