काठमाडौं - आईओसीबाट मूल्य बढेर आएपछि नेपाल आयल निगममले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
यसअघि तीनपटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थिएन ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।
जसअनुसार अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
प्रतिक्रिया