काठमाडौं- इस्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ ।
कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त शेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
छिटोमा भदौ २१ गतेसम्म र ढिलोमा असोज ५ गतेसम्म यो आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् । इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया