सिटिजन्स बैंकका ग्राहकलाई होटेल जंगल क्राउनमा आकर्षण छूट

३ बर्ष अगाडि

काठमाडौं- सिटिजन्स बैंकका ग्राहकले चितवनको होटेल जंगल क्राउनमा आकर्षण छूट पाउने भएका छन् ।

उक्त छुट सम्झौताको लागि बैंक र होटेल जंगल क्राउनबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकले होटेलका सेवाहरूमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ ।

छूट लिनका लागि डिजिटल भुक्तानी गर्नुपर्ने बैंकको भनाइ छ । बैैंकका ग्राहकले सो होटलमा सेवा लिए वापतको रकम बैंकिङ माध्यमबाट भुक्तानी गर्नुपर्ने जनाएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया