मुक्तिनाथ विकास बैंक ल्यायो ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना, यस्ता छन् सुविधाहरु

३ बर्ष अगाडि

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र रु. २२.५० लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ।

यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खातामा न्यूनतम रु. ५ लाख मौज्दात राखेर मुद्दति खाता खोल्ने खातावालहरुले आफ्ना लागि रु. १० लाखसम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमाका साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्। यस योजनाअन्तर्गत ग्राहकले १ वर्षदेखि २ वर्षसम्मको मुद्दति खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्दति खाता खोल्नेछन्, त्यति नै समयावधिका लागि बीमा सुविधा प्राप्त गर्नेछन्। यो योजनाबाट ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। 

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटकर्वमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया