नेपाल टेलिकमसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

बिहिबार पनि शेयर बजार झिनो अंकले घट्न पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार २१.९७ अंक घटेर १९७३.३८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक  १.०८ अंकले घटेर १९७२.२९ को विन्दुमा कायम भएको छ ।

हिजो तुलनामा भने कारोबार रकम केही बढेको छ । आज ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३८ करोड ३४ लाख रुपैंया बढीको कारोबार भएको छ । हिजो नेप्सेमा १ अर्ब १२ करोडमाथिको कारोबार भएको थियो । 

सो रकम बराबरको कारोबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ ।  कम्पनीको आज १२ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५करोड ६५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख, रिडी हाइड्रोपावरको ४ करोड १६ लाख रुपैयाँ र अरुण काबेली पावरको ३ करोड ८२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया