काठमाडौ, बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य ह्वात्तै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोलाको मूल्य ९३ हजार रुपैंया कायम भएको छ । हिजो (बुधबार) सुनको मूल्य प्रतितोला ९४ हजार रहेको थियो ।
आज तेजाबी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले चाँदी १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया