दोल्ती पावरले १६ लाख कित्ता बढी आईपीओ निष्कासन गर्ने,अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

३ बर्ष अगाडि

काठमाडौं, दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपी निष्कासनका लागि अनुमति मागेको हो। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री गर्नेछ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ। 

दोल्ती पावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। 

 

३ बर्ष अगाडि

प्रतिक्रिया