शुक्रबारदेखि कुमारी बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, ११ प्रतिशत ब्याजदर

३ बर्ष अगाडि

काठमाडौं, कुमारी बैंकले भदौ १७ गते (शुक्रबार) देखि ३० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । 
 
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १८ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । 
 
यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ २१ गते सम्म आवेदन दिन सकिनेछ ।
 
त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ ३१ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया