शेयर बजारमा दोहोरो अंकको गिरावट, कतिको भयो कारोबार

३ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ ।  

अघिल्लो दिन अर्थात मंगलबार झिनो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २१.९७ अंकले घटेर १९७३.३८ को विन्दु्मा कायम हुन पुगेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ । गत आर्थिक वर्षको भदौ महिनामा २१ अर्बसम्मको कारोबार भएको शेयरबजारमा आज जम्मा एक अर्ब १२ करोडमाथिको कारोबार भएको छ । हिजो झन नेप्सेमा १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको भएको थियो । 

बुधबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशत,गणपति लघुवित्तको १.४० प्रतिशत,दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ।

यता हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ भने अपर सोलु हाइड्रोपावरको ५.२२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ५.१९ प्रतिशत,रिलायन्स फाइनान्सको ५.१२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ५.०७ प्रतिशतले घटेको छ।

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ६ करोड ४० लाख, राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख, नेश्डो लघुवित्तको ३ करोड २५ लाख र शिवम् सिमेन्टको ३ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी दबाब देखिन्छ।

३ बर्ष अगाडि

प्रतिक्रिया