काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ ।
अघिल्लो दिन अर्थात मंगलबार झिनो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २१.९७ अंकले घटेर १९७३.३८ को विन्दु्मा कायम हुन पुगेको छ ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ । गत आर्थिक वर्षको भदौ महिनामा २१ अर्बसम्मको कारोबार भएको शेयरबजारमा आज जम्मा एक अर्ब १२ करोडमाथिको कारोबार भएको छ । हिजो झन नेप्सेमा १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको भएको थियो ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड ७४ लाख माथिको कारोबार भएको हो ।
त्यस्तै, रिडी हाइड्रोपावरको ६ करोड ४० लाख, राप्ती हाइड्रोको ३ करोड २७ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख र शिवम् सिमेन्ट्सको ३ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया