हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको संस्थापक शेयर टिएमएस मार्फत सहजै कारोबार गर्न सकिने

३ बर्ष अगाडि

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर टिएमएस मार्फत सर्वसाधारणले सहजै कारोबार गर्न सकिने भएको छ ।

नेप्सेले भदौ १२ गते कम्पनीको संस्थापक शेयरलाई सहजै कारोबार गर्न सकिने गरि अनुमति दिएको हो ।

त्यसअनुसार लगानीकर्ताहरु स्वयमले टिएमएस मार्फत दोस्रो बजारमा कम्पनीको शेयर सहजै कारोबार गर्न सकिनेछ ।

कम्पनीको संस्थापक शेयरलाई नेप्सेले एचआईडिसीएलपी कारोबार संकेत प्रदान गरेको छ ।

बिहिबार कम्पनीको ९७ लाख ९५ हजार ५०५ कित्ता संस्थापकको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको थियो। लिलामी मार्फत बिक्री भएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको संस्थापक शेयरको लागि नेप्सेले ११३ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थयो ।

३ बर्ष अगाडि

प्रतिक्रिया