नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसअघि लगानीकर्ताहरुले आइपीओ भरेवापत विभिन्न बैंकहरुलाई १० देखी १०० रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए । बोर्डले अधिकतम सीमा ५ रुपैयाँ तोकेसँगै बैंकहरुले शुल्क घटाउन थालेका छन् भने कतिपयले निःशुल्क गर्न थालेका छन् ।
हाल एकपछि अर्का गर्दै बैंकहरुले सी–आस्वा सेवा निःशुल्क प्रदान गर्न लागेका छन् । यसअघि तीन बैंकबाट मात्र आईपीओ भर्दा शुल्क लाग्दैन थियो ।
नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकमा यसअघि नै सी–आस्वा सेवा निशुल्क थियो अब थप तीन बैंक सानिमा बैंक,कुमारी बैंक र नेपाल बैंक गरि ६ बैंकले सी–आस्वा सेवा निशुल्क दिन थालेका छन् ।
यसरी ६ वटा बैंकहरुले निःशुल्क सेवा उपलब्ध गराउँदा लागनीकर्तालाई केही राहत भने भएको छ ।
प्रतिक्रिया