काठमाडौं- बरुण हाइड्रोपावर कम्पनीले भदौ ६ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद भदौ २६ गतेसम्म रहेको छ ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो । यसअघि बिक्री प्रबन्धकले गतल तथ्यांक राखेपछि केही समयका लागि हकप्रद स्थगित गरिएको थियो । तर उक्त समस्या समाधान भइसकेकाले पुनः हकप्रद बिक्री सुचारु भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।
बरुणले हकप्रद शेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो ।
यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया