काठमाडौं- सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फस्ट म्युचुअल फण्डले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ)बढेको छ । असार मसान्तसम्म रु.१२.७६ रहेकोमा साउनम महिनामा बढेर रु.१२.९० रहेको छ ।
उक्त अवधिसम्म फण्डले रु.७ लाख ९४ हजार नाफा कमाएको छ । असार मसान्तसम्म फण्ड ७ करोड लाख ८४ लाख नोक्सानीमा थियो ।
यस अवधिसम्म फण्डले बैंक मुद्दती निक्षेपमा रु. १३ करोड लगानी गरेको छ ।
प्रतिक्रिया