श्रृजनशील लघुवित्तको ३ लाख ९३ हजार कित्ता आईपीओ आजदेखि बिक्रीमा,कहिलेसम्म दिन सकिने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज (भदौ १५ गते) देखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्कासनमा ल्याएको छ ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा भदौ १५ गते देखि भदौ १९ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ २९ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया