काठमाडौँ – नेपाल इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफा ७ करोड ३२ लाख रुपैयाँ कमाएको छ ।
गत वर्षको तुलनामा भन्दा यस वर्ष इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ७१ दशमलव २० प्रतिशतले बढेको हो ।
गत वर्ष कम्पनीले ४ करोड २७ लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीको आम्दानी ५८ दशमलव २२ प्रतिशतले बढेर १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने, खर्च ४१ दशमलव ६६ प्रतिशतले बढेर ५ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया