मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैपटक ८ सहायक कम्पनीहरुको औपचारिक सुरुवात

३ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्षसहित एकैपटक ८ वटा सहायक कम्पनीहरुको औपचारिक सुरुवात गरेको छ । 

कम्पनीले मुक्तिनाथ सिड बैङ्क लि।, मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि।, मुक्तिनाथ नर्सरी बैङ्क लि।, मुक्तिनाथ लाईभस्टक बैङ्क लि., मुक्तिनाथ हर्बल बैङ्क लि., मुक्तिनाथ फूड बैङ्क लि।, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि। र मुक्तिनाथ ट्रेडिङ लि। गरी ८ (आठ) वटा सहायक कम्पनीहरुको औपचारिक समुद्घाटन गरेको हो । 

देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समूह, सहकारीहरुसँग सहकार्य गर्दै कृषिको मूल्य श्रृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको कम्पनीले जनाएको छ । ‘

जसको लागि “गाउँको उत्पादन शहरमा, शहरको पूँजि गाउँमा” र “सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि” भन्ने मूल मन्त्रलाई सार्थक तुल्याउन “कृषकसँग मुक्तिनाथ” र “उपभोक्तासँग मुक्तिनाथ” अभियानको शुरुवात गरी सोहीअनुसारका कार्यक्रमहरु गर्दै आइरहेको छ ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

हालसम्म कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको समेत बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया