काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्नसक्ने जनाएको छ ।
यसैगरी, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्ये सबैभन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्नसक्नेछन् ।
मोबाइल बैंकिङ्ग एपमार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्ने बैंकले जनाएको छ । यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुनेछ ।
प्रतिक्रिया