सानिमा बैंकको ५० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचिकृत

३ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंक लिमिटेडले ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ । 

बैंकको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ । 

यो बैंकको १ हजार अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको थियो। 

यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०।२५ प्रतिशत ब्याज पाउँछन् । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया