भदौ २६ बाट राष्ट्र बैंकले बैंकहरुमा नयाँ नोट पठाउने

३ बर्ष अगाडि

काठमाडौं -  नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गर्दै भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने भएको छ । 

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने गरी तयारी भइरहेको बताएका हुन् । सम्भवतः असोज २ गतेबाट दसैँतिहार लक्षित नयाँ नोट बाँड्ने नेपालको भनाइ छ । 

राष्ट्र बैंकका अनुुसार यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटहीको सुविधा रहेको छ। नयाँ नोट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका हुनेछन् भने सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न पाईनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया