काठमाडौं - राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको छ । यो सँगै बुधबारबाट कारोबारमा आउने भएको छ ।
कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ ला १२ हजार ९७३ कित्ता छन् ।
नेप्सेले यो कम्पनीलाई आरएचजीसीएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको छ ।
यदि भोलि स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि खुल्नेछ ।
यो कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरिएको थियो । आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको थियो ।
यो आईपीओको बाँडफाँड गत साउन ९ गते भएको थियो ।
प्रतिक्रिया