काठमाडौं - शुक्रबारको सेयर कारोबार तत्काल बन्द गर्न लगानीकर्ताहरुले माग गरेका छन् ।
आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० पुगेका सेयर लगानीकर्ता एकता समितिमा आबद्ध लगानीकर्ताहरुले नेप्से सीईओ कृष्णबहादुर कार्कीलाई नयाँ ब्रोकर लाइन्स वितरण रोक्न षड्यन्त्र भइरहेको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा शुक्रबारको कारोबार पनि रोक्न माग गरेका हुन् ।
नेप्से सीईओ कार्कीसमक्ष लगानीकर्ताहरुले हप्तामा ५ दिनमात्रै सेयर कारोबार हुने गरेको अन्तर्राष्ट्रिय अभ्यास र यसअघि नेपालमा हप्तामा ५ दिनमात्रै सेयर कारोबार हुने गरेकोले शुक्रबारको कारोबार बन्द गर्न माग गरेका छन् ।
उनीहरुले शुक्रबारको कारोबारमा बजार घटाउने चलखेल पनि भइरहेको शुक्रबारको कारोबार बन्द गर्न उनीहरुको आग्रह छ ।
प्रतिक्रिया