२ अर्ब ३४ करोड ६८ लाखको हकप्रद शेयर निष्कासन गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेसन, कहिलेबाट ?

३ बर्ष अगाडि

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनी सञ्चालन समितिको भदौ १३ गते बसेको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयर जारी गर्ने निर्णय बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले  हकप्रद शेयर निष्कासन गर्नेछ ।

कम्पनीले बीमा समितिले निर्देशन अनुसार न्यनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया