एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरु न्याभ घट्यो, कुनको कति ?

३ बर्ष अगाडि

एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि फिफ्टी, एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि सरल बचत फन्ड–इको वित्तीय विवरण सार्वजनिक भएको हो । 

यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनमा घटेको छ । 

१. एनएमबि फिफ्टी
एनएमबि फिफ्टीको न्याभ ११.१४ रुपैयाँ रहेको छ । असारमा न्याभ १३.२८ रुपैयाँ थियो । यो योजनाको कुल लगानी भने घटेर साउनमा १ अर्ब ३४ करोड रुपैयाँमा सीमित बनेको छ । असारमा कुल लगानी १ अर्ब १६ करोड रुपैयाँ थियो । 

साउनमा पनि यो योजनाले १ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत असारमा यस योजनाको घाटा ३३ करोड ५७ लाख रुपैयाँ थियो । 

२. एनएमबि हाइब्रिड फन्ड एल–१
साउनमा एनएमबि हाइब्रिड फन्ड एल–१ को न्याभ १०.९६ रुपैयाँ रहेको छ। असारमा न्याभ १३.१२ रुपैयाँ थियो । यो योजनाको कुल लगानी भने घटेर साउनमा १ अर्ब २ करोड रुपैयाँमा सीमित बनेको छ । 

असारमा कुल लगानी १ अर्ब १३ करोड रुपैयाँ थियो । साउनमा पनि यो योजनाले २ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत असारमा यस योजनाको घाटा ३७ करोड ६८ लाख रुपैयाँ थियो । 

३. एनएमबि सरल बचत फन्ड–इ
एनएमबि सरल बचत फन्ड–इको न्याभ घटेर ९.०६ रुपैयाँमा झरेको छ । असारमा न्याभ ९.११ रुपैयाँ थियो । 

यो योजनाको कुल लगानी भने बढेर साउनमा ४२ करोड ३६ लाख रुपैयाँ पुगेको छ। असारमा कुल लगानी ४२ करोड १ लाख रुपैयाँ थियो । 

साउनमा पनि यो योजनाले २८ लाख १५ हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत असारमा यस योजनाको घाटा ४ करोड ८८ लाख रुपैयाँ थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया