काठमाडौं - नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २ र नबिल ब्यालेन्सड् फण्ड ३ को वित्तीय विवरण सार्वजनिक भएको हो ।
१. नबिल इक्वीटी फण्ड
नबिल इक्वीटी फण्ड साउन मसान्तसम्म ५९ लाख ६२ हजार नोक्सानीमा छ । फण्डले सार्वजनिक गरेको सम्पत्ति मूल्य विवरण अनुसार असार मसान्तसम्मको तुलनामा साउनमा नोक्सानीमा कमी आएको हो । असार मसान्तसम्म फण्ड ४२ करोड ३५ लाख नोक्सानीमा रहेको थियो ।
फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) असारको तुलनामा साउनमा घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ १०.५९ रहेकोमा साउनमा १०.५४ कायम भएको छ । जम्मा खर्चमा भने कमी आएको छ ।
साउन मसान्तसम्ममा जम्मा खर्च २४ लाख १८ हजार भएको छ भने असार मसान्तसम्म यस्तो खर्च ३ करोड १७ लाख रहेको थियो । असार मसान्तसम्ममा ऋणपत्रमा ११ करोड १४ लाख लगानी थियो भने साउन मसान्तसम्म यस्तो लगानी घटेर ११ करोड १० लाखमा झरेको छ ।
त्यस्तै साउन मसान्तसम्म फण्डको मुद्दती निक्षेपमा १२ करोड ५० लाख रहेको छ । त्यस्तै सूचीकृत शेयरमा उक्त अवधिमा ८९ करोड ९० लाख लगानी भएको छ ।
२. नबिल ब्यालेन्सड् फण्ड २
नबिल ब्यालेन्सड् फण्ड २ ले सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) असारको तुलनामा सउनमा घटेको छ ।
असार मसान्तसम्ममा फण्डको न्याभ १०.८५ रहेकोमा साउनमा १०.७२ कायम भएको हो । फण्डको नोक्सानी भने घटेको छ । फण्ड असार मसान्तसम्म ३५ करोड ८५ लाख नोक्सानीमा रहेकोमा साउनमा ९१ लाख ४४ हजारमा झरेको छ । एक महीनाको अवधिमा रू। ३४ करोड ९३ लाख नोक्सानी घटेको हो ।
साउन मसान्तसम्ममा जम्मा खर्च २२ लाख २१ हजार भएको छ भने असार मसान्तसम्म यस्तो खर्च २ करोड ८६ लाख रहेको थियो । फण्डको ऋणपत्रमा लगानी घटेको छ । असार मसान्तसम्ममा फण्डको ऋणपत्रमा २० करोड ५८ लाख लगानी थियो भने साउन मसान्तसम्म यस्तो लगानी घटेर २० करोड ३२ लाखमा झरेको छ । त्यस्तै साउन मसान्तसम्म फण्डको मुद्दती निक्षेपमा ३ करोड ५० लाख रहेको छ ।
३. नबिल ब्यालेन्सड् फण्ड ३
नबिल ब्यालेन्सड् फण्ड ३ ले सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको नोक्सानी एक महीनामा १७ करोड २६ लाख घटेको छ । असार मसान्तसम्म १७ करोड ८० लाख नोक्सानीमा रहेको फण्ड साउन मसान्तसम्म ५४ लाख ४९ हजार नोक्सानीमा छ ।
फण्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) असारको तुलनामा साउनमा घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ ८.५८ रहेकोमा साउनमा ८.५३ कायम भएको छ ।
जम्मा खर्चमा भने कमी आएको छ । साउन मसान्तसम्ममा जम्मा खर्च १९ लाख ६५ हजार भएको छ भने असार मसान्तसम्म यस्तो खर्च २ करोड ४९ लाख रहेको थियो । फण्डको ऋणपत्रमा लगानी घटेको छ ।
असार मसान्तसम्ममा ऋणपत्रमा ५ करोड ७० लाख लगानी थियो भने साउन मसान्तसम्म यस्तो लगानी घटेर ५ करोड ६४ लाखमा झरेको छ । त्यस्तै साउन मसान्तसम्म फण्डको मुद्दती निक्षेपमा १८ करोड ४५ लाख रहेको छ ।
त्यस्तै सूचीकृत शेयरमा उक्त अवधिमा ६२ करोड १५ लाख लगानी छ ।
प्रतिक्रिया