एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ योजनाहरुको न्याभ बढ्यो, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको  छ।

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका एनआईसी एसिया ब्यालेन्सड् फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया सेलेक्ट–३० र एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो । 

यी ४ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनमा बढेको छ । 

१. एनआईसी एसिया ब्यालेन्सड् फन्ड
एनआईसी एसिया ब्यालेन्सड् फन्ड न्याभ बढेर १२.१९ रुपैयाँ पुगेको छ। असारमा न्याभ १२.१७ रुपैयाँ थियो । यो योजनाको कुल लगानी भने घटेर साउनमा ७२ करोड ११ लाख रुपैयाँमा झरेको छ । 

असारमा कुल लगानी ७२ करोड ३८ लाख रुपैयाँ थियो । साउनमा नाफा पनि घटेर ५ करोड ६७ लाख रुपैयाँमा सीमित बनेको छ । असारमा नाफा १४ करोड ९५ लाख रुपैयाँ थियो ।

२. एनआईसी एसिया ग्रोथ फन्ड 
एनआईसी एसिया ग्रोथ फन्ड न्याभ बढेर १२.८५ रुपैयाँ पुगेको छ। असारमा न्याभ १२.८१ रुपैयाँ थियो । यो योजनाको कुल लगानी भने घटेर साउनमा ८१ करोड ३० लाख रुपैयाँमा झरेको छ । 

असारमा कुल लगानी ८४ करोड ३६ लाख रुपैयाँ थियो । साउनमा नाफा पनि घटेर ११ करोड ३८ लाख रुपैयाँमा सीमित बनेको छ । असारमा नाफा २० करोड ५२ लाख रुपैयाँ थियो ।

३. एनआईसी एसिया सेलेक्ट–३० 
एनआईसी एसिया सेलेक्ट–३० को न्याभ बढेर ९.९४ रुपैयाँ पुगेको छ। असारमा न्याभ ९.८१ रुपैयाँ थियो । यो योजनाको कुल लगानी भने घटेर साउनमा ३३ करोड ३६ लाख रुपैयाँमा झरेको छ । 

असारमा कुल लगानी ३५ करोड १४ लाख रुपैयाँ थियो । साउनमा यो योजनाले ६ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत असार पनि पनि १ करोड ६१ लाख रुपैयाँ घाटा भएको थियो । 

४. एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड
एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड न्याभ बढेर १०.७८ रुपैयाँ पुगेको छ । असारमा न्याभ १०.७२ रुपैयाँ थियो । यो योजनाको कुल लगानी भने घटेर साउनमा ४५ करोड ३४ लाख रुपैयाँमा झरेको छ । 

असारमा कुल लगानी ४५ करोड ४८ लाख रुपैयाँ थियो । साउनमा नाफा पनि घटेर १ करोड ४० लाख रुपैयाँमा सीमित बनेको छ। असारमा नाफा ३ करोड २८ लाख रुपैयाँ थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया