काठमाडौं - गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दति योजना’ सार्वजनिक गरेको छ ।
महामारीपछिको बढ्दो मुद्रास्फीतिले आमनेपालीको जीविका झनै खर्चिलो हुन पुगेको छ । जसले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा बैंकले छोटो समयमै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो ।
यसका साथै बैंकको यो योजनाले भावी दिनमा आमनेपालीको जीविका सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास राखेको छ ।
हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकले चाँडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया