‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ योजनाको लाभांश घोषणा, कति ?

३ बर्ष अगाडि

काठमाडौं - सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ योजनाको आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिफल घोषणा गरिएको छ । 

सनराइज बैंकबाट प्रवर्द्धित तथा सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले प्रतिफल दिने घोषणा गरिएको हो । 

जसअनुसार १० करोड ३२ लाख रुपैयाँ इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलको सञ्चालक समितिले निर्णय गरेको छ । 

यसका साथै यो प्रतिफल वितरणार्थ बुक क्लोजको मितिसम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ । 
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया