काठमाडौं - नेपालमा हरित, उत्थानशील र समावेशी विकास ९ग्रिड० र नयाँ विकास नीति ऋण ९डीपीसी० का लागि नेपाल सरकार र विश्व बैंकबीच आज लगभग १३ अर्ब नेपाली रूपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकास तर्फ अग्रसर हुन सहयोग गर्ने यस प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ । ग्रिड अन्तर्गत तीन सहिलयतपूर्ण ऋण डीपीसीहरूको श्रृंखला मध्येको यो पहिलो हो ।
यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका संचालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया