लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्न पावर ट्रेडले बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्ज लिमिटेडको प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज ६ गतेका लागि बोलाइएको हो । 

भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको कम्पनीले जनाएको छ । सभा काठमाडौं म्यारिओट होटल नक्सालमा बिहान ११ बजे हुनेछ । 

उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले सञ्चालक समितिको गठन निर्वाचन गर्ने कम्पनीको रजिस्टर्ड कार्यालय रहने ठेगाना स्थानान्तरण गरी स्वीकृत प्रबन्धपत्रको दफा २ तथा स्वीकृत नियमावलीको नियम २ कम्पनीको अधिकृत तथा पूँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ६ (क), (ख) र (घ) संशोधन गर्ने सम्बन्धमा छलफल गर्नुका साथै अन्य छलफल गर्नेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया