एजेन्सी - अमेरिकामा मन्दीको संकेतले एसियाली शेयर बजारमा पहिरो गएको छ । आज सोमबारको कारोबारमा एसियाली बजार पहिरो गएको हो ।
जापानको निक्केई २.७१ प्रतिशतको ठूलो गिरावटका साथ कारोबार गरिरहेको छ । हङकङको ह्याङसेङमा ०.७८ प्रतिशत र चीनको सांघाई कम्पोजिटमा ०.१४ प्रतिशतले घटेको छ ।
यसको प्रभाव आज भारतीय सेयर बजारमा देखिएको छ । कारोबार सुरु हुनुअघि नै सेन्सेक्स प्रि–ओपन सेसनमा करिब १५०० अंकले घटेको छ । प्रि–ओपन सेसन खुलेपछि बीएसई सेन्सेक्स र एनएसई निफ्टी ठूलो गिरावटमा हो ।
आर्थिक मन्दीपछि पनि अमेरिकामा ब्याजदर बढेकोले राहत नपाउने संकेतका कारण विश्वभरका बजारमा भारी गिरावट आएको छ ।
प्रतिक्रिया