९ सेकेन्डमै ध्वस्त पारियो अवैध संरचना

३ बर्ष अगाडि

एजेन्सी - भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ९ सेकेन्डमै ध्वस्त पारिएको छ ।

आइतबार दिउँसो नेपाली समय अनुसार पौने तीन बजे ती भवन भत्काइएको हो। दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिएको हो । बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको थियो ।

सुपरटेक ट्विन टावर भनिने ती भवनलाई भत्काउन महिनौंदेखि तयारी थियो । गत वर्ष यही समयमा भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती दुइटा भवन भत्काउन आदेश दिएको थियो । मिलेमतोमा मापदण्ड मिचेर बनाइएपनि भवन भत्काउने अदालतले आदेश दिएको हो ।

सर्वोच्च अदालतले ती दुई टावरमा दुई भवनबीच कायम हुनु पर्ने दूरी र अग्नि नियन्त्रणको मापदण्ड पनि पालना नभएको बताएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया