काठमाडौं - एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलोपटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरका लागि डिजाइन गरिएको हो ।
ईभी चार्जिङ (ईओ) ब्रिटिस प्रदायकको बिजुली बाट चल्ने सवारीसाधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले ईभी चार्जिङ स्टेसनहरु र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । ईओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो ।
ईओ को टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र अमेजन, डीएचएल र टेस्कोजस्ता फ्लिट अपरेटरहरुले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरुमा वितरण भएको छ ।
यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरुसँग चार्जिङ पार्टनरका रुपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा ईओले यूके, आयरल्यान्ड र स्क्यान्डिनेभियामा ६० हजार वटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो ।
‘ईओमा हामी प्रविधिभन्दा अघि मानिस हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । विद्युतीय सवारीसाधन चार्ज गर्न कहिलेकाहीँ जटिल हुनसक्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ। त्यसैले हामी हाम्रा पाटर्नर तथा ग्राहकको सेवामा समर्पित छौँ’, कम्पनीले भनेको छ, ‘हामी इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिशनमा छौँ । हामी नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छौँ। जसले व्यवसाय र व्यक्तिहरुलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ ।’
ईओ मिनीमा इन्टेग्रल ६एमए डीसीको सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ । यसलाई बिना कुनै टाइप बी आरसीडी नियन्त्रण गर्न सकिन्छ । ईओ मिनी तपाइँको घरको पावर इनपुट जडानका आधारमा ६ एएमपीदेखि ३२ एएमपीसम्म समायोजन गर्न सकिन्छ। बजारमा सबैभन्दा सानो ईओ १७५एमएमx १२५एमएमx ९५ एमएम मा उपलब्द छ ।
ईओ मिनीका अन्य उल्लेखनीय सुविधाहरुमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२ केडब्ल्यूसम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया