खप्तड लघुवित्तको आईपीओमा १६५ गुणा बढीले ओभरसब्सक्राइब्ड

३ बर्ष अगाडि

काठमाडौं - खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १६५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ । 

यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो । यो आईपीओमा आज भदौ १२ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । 

बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । सीडीएससीका अनुसार आज साँझ ५ सम्म यो आईपीओमा १८ लाख ५० हजार १३२ आवेदकबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता सेयर माग भएको छ। यो मागभन्दा १६५.४९ गुणाले  बढी हो । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । 

यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया