शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै नारायणी डेभलपमेन्ट बैंक पुग्यो धितोपत्र बोर्ड

३ बर्ष अगाडि

काठमाडौं, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) पुगेको छ ।   

बैंकले भदौ ९ गते सेबोनसंग शतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमाति मागेको हो । 

हाल कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै बैंकले बोर्डमा आवेदन दिएको हो ।

शत प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल रहेको छ ।

असार ८ गते सम्पन्न विशेष साधारण सभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया