उच्च अंकको गिरावट संगै १९८९ को बिन्दुमा झर्‍यो नेप्से, कतिको भयो कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा कायम हुन पुगेको छ ।

कारोबारको अन्तिम समयसम्म नेप्सेमा २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ५ करोड बढीको कारोबार भएको छ । 

आइतबार बजारमा बिक्री चाप बढ्दा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ। यस दिन २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर कारोबार भएको छ।

यस दिन ५ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ। राधि विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत,मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ।

यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने अपर हेवाखोला जलविद्युतको ७.०३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ६.७७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशत र बलेफी हाइड्रोपावरको ६.२९ प्रतिशतले घटेको छ।

आइतबार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ७ करोड १५ लाख, अपि पावरको ६ करोड २२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड १९ लाख र रिडि पावरको ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया