अरुण काबेलीसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा कायम हुन पुगेको छ ।

कारोबारको अन्तिम समयसम्म नेप्सेमा २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ५ करोड बढीको कारोबार भएको छ । 
 
सो रकम बराबरको कारोबार हुँदा आज सबैभन्दा बढी अरुण काबेली पावरको १० करोड ३३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

कम्पनीले आज १०० प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै लगानीकर्ताहरु हकप्रद शेयर पाउन कम्पनीको शेयर किन्न होम्मिएका हुन् ।

साथै शिवम् सिमेन्ट्सको ७ करोड १५ लाख, अपि पावरको ६ करोड २२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड २० लाख र रिडी हाइड्रोपावरको ५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया