अरुण काबेलीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विद्युत नियमन आयोगको अनुमति

३ बर्ष अगाडि

काठमाडौं, अरुण काबेली पावर लिमिटेडलाई विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने दिएको छ। 

आयोगले कम्पनीको ११ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–७८ बाट पारित १७ प्रतिशत बोनस शेयरपछि कायम हुन आउने चुक्तापुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो। बोनस शेयर वितरणपछि अरुण काबेलीको चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ।  

कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहेको छ। संस्थापकमध्ये पनि अरुण भ्याली हाइड्रोपावरको २४ प्रतिशत र अपी पावरको ३ प्रतिशत हिस्सात छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया