नबिल बैंकले दिएको उद्यमशीलताको पाठ

३ बर्ष अगाडि

१३ वर्षको उमेरमा नै विदेशिएका अक्खारत्न दर्लामी मगर अहिले आफै देशको व्यवसायमा रमाइरहेका छन् । उनी कलिलो उमेरमा नै बौद्ध शिक्षाका लागि थाइल्याण्ड गएका थिए । तर, आफ्नो देशको मायाले उनलाई स्वदेश नै फर्कायो । 

अहिले उनी व्यावसायिक पशुपालनमा व्यस्त छन् । उनले बंगुर फाम र कुखुरा फाम खोलेका छन् । व्यवसाय गर्छु भनेर मात्र हुँदैन त्यसको कानुन, नियम जस्ता धेरै कुराहरूको आवश्यक पर्ने हुन्छ । यही अवसरको खोजी गरिरहेका मगरलाई नबिल बैंकले ‘ढुङगाा खोज्दा देवता नै मिल्यो’ झै बनाइदियो । 

नबिल बैंक र सुर्खेत मोडल कलेजको सहकार्यमा ‘नबिल सामाजिक उद्यमशीलता कार्यक्रम’ सुरु भयो । उनी यही प्रशिक्षणमा जोडिन पुगे । उनले उक्त प्रशिक्षणबाट धेरै कुरा सिकेको बताए । उनी भन्छन्, उद्यमशीलता बन्छु भनेर मात्र नहुने रहेछ यस भित्रको हरेक कुराको जानकारी हुन पनि आवश्यक हुने रहेछ ।’

यही प्रशिक्षणबाट बैंकिङ कर्जा, बजार, मूल्य, सरकारबाट पाइने सहुलियत कर्जा, सूचना जस्ता कुराहरूको जानकारी पाएको मगर बताउँछन् । यही प्रशिक्षण लिएकै कारण अब थप कृषि क्षेत्रमा हात हालेर कृषि क्रान्ति गर्ने सोच बनाएको उनले सुनाए । 

प्रशिक्षणले आत्मविश्वास मात्र हैन उद्यमशीलता हुन पर्छ भन्ने शिक्षा दिएको उनी बताउँछन् । अझ यो कार्यक्रममा नबिल बैंकले यो भन्दा धेरै अघि नै सुरु गरेको भए.... भन्ने कुरा मनमा पसेको पनि उनी सुनाउँछन् । उक्त कार्यक्रमको अझ प्रचार प्रसार धेरै भएको भए आफू जस्ता धेरै जनाले भाग लिन पाउने बताउँदै उनले भने, ‘प्रचार प्रसार चै अलिक कम भयो कि जस्तो लाग्यो अहिले प्रशिक्षण लिने हामी धेरै नै छौ तर, अलिक धेरै प्रचार भएको भए धेरै युवाहरूले अवसर पाउने थिए होला ।’

यो कार्यक्रमले विदेशिन लागेका युवाहरूलाई पनि नेपालमा नै केही गर्न सकिन्छ भन्ने आत्माबल प्रदान गरेको उनी बताउँछन् । बंगुर फामबाट वर्षमा १० लाख चोखो आम्दानी हुने र कुखुराबाट पनि छुट्टै आम्दानी हुने उनले बताए । 

उनी भन्छन्, नेपालमा धेरै अवसर छ । तर, यसको लागि हामिले निरन्तर परिश्रम र प्रयास गरिरहनु पर्छ । साथै धैर्य पनि गर्नु आवश्यक छ । उनले थपे, ‘दौडेर थाकिन्छ अनि विश्राम गर्न बाध्य हुँइन्छ त्यसैले दौडेर होइन विस्तारै हिँड्नु पर्छ अवश्य गन्तव्यमा पुगिन्छ । तर, हरेस चै खानु भएन । जीवन संघर्ष हो संघर्षमय नै हुन दिनु पर्छ ।’ 

यस्तै बिनय चौधरीले पनि प्रशिक्षणमा भाग लिएका छन् । उनी त्यी कलेजका विधार्थी हुन् । अहिले पनि उनले प्रशिक्षण लिइरहेका छन् । अहिले सम्म उनले कुनै व्यवसाय सञ्चालन नगरे पनि अब भने सञ्चाल गर्ने मनसाय बनाएको सुनाए । 

सुर्खेत कलेज र नबिल बैंकले २०७८ साल माघ महिनामा ‘नबिल सामाजिक उद्यमशीलता कार्यक्रम’ को सम्भौता गरेको थियो । उक्त सम्झौता अनुसार कलेजले उक्त प्रशिक्षण कायक्रम सुरु गरेको हो । 

व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुरु गरिएको उक्त कार्यक्रममा व्यवसाय गरिरहेका वा नयाँ व्यक्ति साथै १८ वर्ष पुगेका नेपाली नागरिकहरु सहभागी हुन सक्ने कार्यक्रमका कोअडिनेटर नविन खड्काले बाताए ।

वर्षमा ४ चोटी आवेदन खुलाउनु पर्ने उक्त कार्यक्रममा अहिले पहिलो सेसन चलिरहेको खड्काले बताए । एक सेसनमा ३ महिने कोर्ष रहेको उनको भनाइ छ । उनले भने पहिलो सेसनमा २५ जना प्रशिक्षार्थी बनाउँने हाम्रो लक्ष्य हो । अहिले १९ जना प्रशिक्षार्थीले प्रशिक्षण लिइरहेका छन् । 

‘हामिसँग अहिले १९ जना प्रशिक्षार्थी हुनुहुन्छ जसमा १८ देखि ३० वर्ष उमेर समुहका हुनुहुन्छ । हामिले यो उमेर समुहका युवाहरु आउनुहुन्छ होला भनेर चै आशा राखेको थिएनौं तर, सोचे भन्दा अलिक फरक भयो । युवाहरुको सहभागिता धेरै देखियो ।’ उनले थपे, यसले यो पुष्टि भयो कि धेरै युवाहरुको नेपालमा नै केही गर्ने चाहा रहे छ । 

प्रशिक्षार्थीहरुमा १२ कक्षा अध्यायन गर्ने देखि सव इन्जीनियर, आइटी अध्यायन गर्ने र अनलाई सञ्चालन गर्ने सम्म रहेको उनले बताए । साथै नबिल बैंकले सञ्चालन गरेको यो योजनाले युवा बर्गमा प्रेरणा प्रोत्साहन दिएको उनको भनाइ छ । 

नबिल बैंकको यो कार्यक्रममा आफ्नो कलेजले सहकार्य गर्न पाउँदा धेरै खुसि लागेको र आफूहरुको सहकार्यले कर्णाली प्रदेशका युवाहरूले अवसर पाएको साथै भोली गएर उक्त युवाहरु राम्रो उद्यमी बने कलेजको नाम र नबिल बैंककै नाम रहने भन्दै यो कार्यक्रम प्रति धेरै खुसि रहेको खड्काले सुनाए । 

सीएसआरका प्रायः कार्यक्रम छोटो अवधिका लागि भएकाले सामाजिक उद्यमशील कार्यक्रममा लगानी गरिएको संयोजक उज्ज्वल चापागाईं बताउँछन् । ‘यस्ता कार्यक्रममार्फत उद्यमी उत्पादन गर्ने बैंकले लक्ष्य हो,’ उनी भन्छन्, ‘यसले रोजगारी वृद्धिसँगै मुलुकको दिगो विकासको लक्ष्य हासिल गर्न पनि मद्दत गर्नेछ ।’ 

आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि कार्यक्रम चलाइएको नबिल बैंकले जनाएको छ । ‘प्रशिक्षण अवधिमा व्यावसायिक सीप विकासका सम्पूर्ण कुरा सिकाइन्छ,’ संयोजक चापागाईं भन्छन्, ‘विषयविज्ञले प्रशिक्षण दिने भएकाले बढी प्रभाकारी हुन्छ।’ प्रशिक्षण अवधिमा व्यवसायको सुरुवात, विस्तार, त्यसको मार्केटिङ र आइपर्ने समस्या समाधानका विभिन्न उपाय सिकाइने उनको भनाइ छ ।

चापागाईंका अनुसार प्रशिक्षण कार्यक्रममा व्यावहारिक रूपमै सिकाउने व्यवस्था छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया