मैलुङ खोलाको कम्पनी सचिवको जिम्मेवारी दिनेश कुमार शाहीलाई

३ बर्ष अगाडि

काठमाडौं- मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी दिनेश कुमार शाहीलाई दिएको छ । 

यसअघि सो पदमा रहेका लुमिन ताम्राकारको उमेर ५८ वर्ष पुरा भएको कारण असार ३२ गते कम्पनी सचिव पदबाट अनिवार्य अवकाश दिनुपर्नेमा कम्पनी सचिवको पदमा नियुक्त गर्न जिम्मेवारी दिनका लागि कम्पनीको व्यवस्थापनलाई थप केही समय आवश्यक परेकाले निज ताम्राकारको अवकाश भदौ ९ गतेबाट लागू हुनेगरी स्वीकृत गरेको छ ।

साथै रिक्त हुन आएको कम्पनी सचिव पदमा कम्पनीमा कार्यरत लेखा अधिकृत शाहीलाई नियुक्त गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया