एभरेष्ट बैंकको १०.५० प्रतिशत ब्याजरदर रहेको ऋणपत्र बाँडफाँट, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । 

बैंकले गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म निष्कासन गरेको रु. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको हो ।

बैंकले ६ वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य रु. १००० दरका २० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्रमा ऋतपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई भदौ १० गते शुक्रबारका दिन बाँडफाँड गरेको जानकारी दिएको छ । 

निष्कासन ऋणपत्रमा बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया