नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन दशैं र तिहारको बीचमा गर्नु उपयुक्त

३ बर्ष अगाडि

काठमाडौं - एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन दशैं र तिहारको बीचमा गर्नु उपयुक्त हुने बताएको छ । 

संगठनको शुक्रबार बसेको कार्यसमिति बैठकले संघको निर्वाचन अपरिहार्य भएको निष्कर्ष निकाल्दै निर्वाचन गर्ने वातावरण बनाउन संघ तथा राजनीतिक दल निकट संस्थाहरूसँग वार्ता गर्न उपाध्यक्ष बाबुराम खड्काको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेकोे छ ।

 समितिका सदस्यहरुमा सल्लाहकार कमल सापकोटा, सचिव अनिल बोगटी,  सहसचिव नवराज लुइटेल र कार्यसमिति सदस्य कामेस्वर शाह (राहुल) छन् । संयोजक खड्काले आइतबारदेखि नै प्रमुख घटक संस्थाहरूसँग सम्पर्क र छलफल शुरू गर्ने जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया