काठमाडौं - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले सम्पत्ति मूल्य विवरण न्याभ आइतबार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) साउनमा स्थिर रहेको छ । असार मसान्तसम्म रू.११ दशमलव शून्य रहेकोमा साउन महीनामा पनि सोही मूल्य रहेको छ ।
त्यसैगरी फण्डको नाफा साउन महीनामा रू. ५ लाख २१ हजार नाफामा रहेको छ । असार मसान्तसम्म फण्डले रु. ४४ करोड ७२ लाख घाटा व्यहोरेको थियो ।
असार मसान्तसम्ममा जम्मा खर्च रू. ३ करोड १ लाख रहेकोमा साउन मसान्तसम्ममा जम्मा खर्च रु. २२ लाख ४२ हजार रहेको छ ।
त्यसैगरी साउन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २७ लाख ६३ हजार रहेको छ । असार महीनामा फण्डको जम्मा आम्दानी रू। ४१ करोड ७० लाख थियो ।
फण्डको जम्मा सूचीकृत शेयरमा लगानी पनि घटेको छ । असार मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. १ अर्ब ३ करोड लगानी रहेकोमा साउन मसान्तसम्ममा घटेर रू. १ अर्ब १ करोड पुगेको छ ।
फण्डको मुद्दती निक्षेपमा रू. १२ करोड रहेको छ ।
प्रतिक्रिया