सिद्धार्थ इक्वीटी फण्डको न्याभ सार्वजनिक, कति पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले सम्पत्ति मूल्य विवरण (न्याभ) आइतबार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य ९न्याभ० असार महीनाको तुलनामा  साउन महीनामा बढेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ रू. १०.९२ रहेकोमा साउन महीनामा रू. १०.९८ कायम भएको हो । 

त्यसैगरी फण्डले साउन महीनामा ८१ लाख नाफा कमाएको छ । फण्ड असार महीनामा ५१ करोड ३६ लाख नोक्सानीमा रहेको थियो । असार मसान्तसम्म फण्डको खर्च ३ करोड ६८ लाख थियो भने साउन मसान्तसम्म २७ लाख ३३ हजार रहेको छ । 

त्यसैगरी साउन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू। १ करोड ८ लाख  रहेको छ । साउन मसान्तसम्म फण्डको जम्मा सूचीकृत शेयरमा लगानी रू. १ अर्ब २६ करोड १६ लाख रहको छ । 

उक्त लगानी असार महीनामा रू. १ अर्ब २८ करोड १३ लाख थियो । फण्डको मुद्दती निक्षेपमा रू. १३ करोड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया